डा. गोविन्द केसीका समर्थकद्धारा राजधानीमा प्रदर्शन

0
Shares

काठमाडौँ, २८ साउन । आमरण अनसन सुरु भएको २० दिनसम्म पनि माग पुरा नभएको भन्दै डा गोविन्द केसीका समर्थकले आज राजधानीमा प्रदर्शन गरेका छन् ।

मध्यान्न १२ बजे माइतीघरमा जम्मा भएका समर्थकको जुलुस बानेश्वरसम्म पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले सो क्रममा डा केसीको पक्षमा र सरकार नेता तथा सांसदहरुको विरुद्धमा नाराबाजी गरेका थिए ।

सभामा बोल्ने बक्ताहरुले डा केसीले उठाएका मागहरु निसर्त रुपमा पुरा गर्नुपर्ने बताए । उनीहरुले सरकारले डा केसीसंग सम्झौता गरी पटक पटक धोका दिएको भन्दै यसपटक पनि त्यस्तै हुने आशंका रहेको बताएका थिए ।

संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पास गरेपछि अनसन स्थगित हुने अपेक्षा गरेपनि पनि डा केसीले माथेमा प्रतिवेदनको मर्म अनुसार नआएको भन्दै अनसन जारी राखेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *