अनुमतिबिना सञ्चालित काठमाडौँका तीन औषधि पसलमा सिलबन्दी

काठमाडौँ, २८ साउन । जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमति नलिइ सञ्चालन गरेकाले तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले गरेको विशेष बजार अनुगमनका क्रममा आज नयाँ बस्तीमा रहेका दुई वटा र बौद्धमा रहेको एक आषधि पसल सिलबन्दी गरेको हो ।

नयाँ बस्तीमा रहेको बौद्ध डेन्टल क्लिनिक प्रालि र रिद्धिसिद्धि पोलिक्लिनिक प्रालिले अनुमतिबिना सञ्चालन गरेकाले सिलबन्दी गरिएको हो भने बौद्धमा रहेको स्तूपा क्रान्ति टेन्टल प्रालिलाई गत साउन ४ गते अनुगमनका क्रममा दिएको निर्देशन पालना नगरेको भन्दै पुनः सिलबन्दी गरिएको हो ।

सिलबन्दी गरिएको यी तीनवटै औषधि पसललाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । गोकर्णेश्वरमा रहेको मन्नु फार्मेसीले बिक्री बिल देखाउन नसकेको हुनाले आवश्यक कागजातसहित २४ घण्टाभित्र औषधि व्यवस्था विभागमा आउन निर्देशन दिइएको छ ।

त्यसैगरी सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको खाजा घरको अनुगमन गर्दा सडेको अवस्थामा पाँच किलो मासु नष्ट गरिएको छ । उक्त खाजा घर अत्यन्तै फोहर रहेकाले सरसफाइमा विशेष ध्यान दिन र तीन दिनभित्र विभागमा आउन निर्देशनसमेत दिएको छ ।

अनुगमनका क्रममा बलम्बु पे्रmस हाउस बलम्बुबाट पनि सडेको १५ किलो कुखुराको मासु नष्ट गरी तीन दिनभित्र विभागमा आउन भनिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *