सुत्केरी हुन नसकी गर्भवती महिलाको ज्यान गयो

248
Shares


डडेल्धुरा, २४ साउन । जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा सोमबार एक गर्भवती महिलाको सुत्केरी हुन नसकी मृत्यु भएको छ । जोगबुढा प्रहरीका अनुसार आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पु¥याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

परशुराम नगरपालिका वडा नं ६ घर भएकी पुष्पालाई सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसकेपछि सुत्केरी व्यथा बढिरहेको अवस्थामा धनगढी सिफारिस गरी पठाएको जोगबुढा अस्पतालले जनाएको छ । पुष्पाको धनगढी नपुग्दै बाटोमा नै मृत्यु भएको उनका आफन्तको भनाइ छ ।

पुष्पालाई आइतबार बेलुकादेखि नै सुत्केरी व्यथा लाग्दा जोगबुढा अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरी व्यथा बढेसँगै उनलाई जोगबुढा अस्पतालले आफूले उपचार गर्न नसक्ने भन्दै सिफारिस गरी पठाएकोे जनाएको छ ।

जोगबुढा अस्पतालको लापरबाहीका कारण समयमा उपचार हुन नपाउँदा पुष्पाको ज्यान गएको उनका आफन्तले आरोप लगाएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *