डा. सैयद बने नेपाल चिकित्सक संघ परिषदको सदस्य

0
Shares

काठमाडौँ, २९ असार । नेपाल चिकित्सक संघले डा मनोर दिन सैयदलाई नेपाल चिकित्सक संघ परिषदको सदस्यमा मनोनयन गरेको छ ।

नेपाल चिकित्सक संघका आजिवन सदस्य समेत रहेका डा सैयदलाई गत १७ असारमा बसेको संघको कार्यकारिणी समितिको बैठकले सदस्यमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

सदस्यमा मनोनयन भएपछि डा सैयदले खुशी व्यक्त गर्दै सम्पूर्ण चिकित्सक र चिकित्सा क्षेत्रको सुधारका लागि आफ्नो काम अघि बढ्ने बताए ।

करीब १८ हजार चिकित्सकको साझा संस्थाको रुपमा मानिएको नेपाल चिकित्सक संघ २००७ सालमा स्थापना भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *