बाढीमा फसेकी गर्भवती महिलाको उद्धार
राजविराज, २८ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी गाउँमा बाढीमा फसेका एक गर्भवती महिलालाई उद्धार गरिएको छ ।
स्थानीय ३० वर्षीया ज्योतिदेवी मिश्रालाई उद्धार गरिएको हो । घरमा करिब दुई फिट पानी पसेर समस्यामा रहेकी मिश्रलाई स्थानीयवासीको सहयोगमा उद्धार गरिएको हो । स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
यसैबीच आर्थिक अवस्था कमजोर भएकी उक्त गर्भवती महिलालाई स्थानीय व्यवसायी अङ्कितकुमार र शिवशङ्कर पौडेलले जनही रु पाँच हजारका दरले सहयोग गरेका छन् । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



