सर्पको डसाइबाट नौवर्षीय बालकको मृत्यु

0
Shares

धनगढी, २७असार । विषालु सर्पले डसेर कैलालीको साबिक गेटा गाविसमा आज नौवर्षीय बालकको मृत्यु भएको छ ।

स्थानीयवासी भोजराज ओझाका छोरा चेतराजको मृत्यु भएको हो । राति घरमै सुतेको अवस्थामा गोमन सर्पले उनलाई डसेको बताइएको छ ।

सर्पले डसेपछि सेती अञ्चल अस्पताल पु¥याइएका ओझाको उपचारकै क्रममा सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालका वरिष्ठ अहेव राधाकृष्ण चौधरीले बताए । बालक स्थानीय ब्राइट स्टार इङलिस बोर्डिङ स्कुलमा कक्षा पाँचमा अध्ययनरत थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *