बारपाकमा पखालाबाट एकको मृत्यु, स्वास्थ्यकर्मी परिचालन

16
Shares

गोरखा, १९ असार । गोरखाको सुलिकोट गाउँपालिका–२ बारपाकमा पखालाबाट एक बालकको मृत्यु भएको छ ।

विगत दुई सातादेखि बारपाकमा पखाला फैलिएको हो, स्थानीय शिक्षक गौतम गुरुङले भने, “बारपाकको कोजे गाउँका १५ महिने बालक अमृत घलेको मृत्यु भएपछि पखाला फैलिएको घटनाबाहिर आएको हो ।”

जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भने, “झाडापखालाको समस्या देखिएको सूचना प्राप्त हुनासाथ त्यसको नियन्त्रण गर्न र दूषित पानी प्रयोग नगर्न जनचेतना जगाउन स्वास्थ्यकर्मीको टोली त्यस क्षेत्रमा परिचालन गरिएको हो ।”

जिल्लास्थित स्वाँरा सघन गाउँ विकास केन्द्रको सहयोगमा स्वास्थ्यकर्मी बारपाक पठाइएको हो । ती स्वास्थ्यकर्मी बारपाक पुगेपछि महिला स्वास्थ्य स्वयम्सेविका र धामीझाँक्रीलाई तालिम दिनेछन् ।”

दिनहुँ चार÷पाँचजना पखालाका बिरामी उपचारका लागि यहाँ आउने गरेको स्वास्थ्य चौकी बारपाकका प्रमुख अनिलकुमार शाहले बताए ।

शाहले भने, “पखाला अब नियन्त्रणमा आउँछ, यो महामारी होइन र औषधिको पनि अभाव छैन ।” जीवनजल लगायतका औषधि बिरामीलाई उपलब्ध गराइरहेकोे उनले बताए ।

दूषित पानीको प्रयोगले गर्दा पखालाको समस्या देखिएको हो । बारपाकका शौचालयमा पानी राख्ने, साबुनपानीले हात धुने र शुद्धीकरण गरेको पानी मात्रै प्रयोग गर्नेबारे जनचेतना अभियान सञ्चालन गरेको छौं शाहले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *