हिमालय आँखाअस्पतालको सेवा विस्तारमा भारतले सहयोग गर्ने : राजदूत पुरी

21
Shares

पोखरा, १६ असार । भारतीय राजदूत मन्जिभसिंह पुरीले हिमालय आँखा अस्पतालको सेवा विस्तारका लागि आवश्यक स्रोतसाधन जुटाउन पहल गर्ने बताएका छन् ।

हिमालय आँखा अस्पताल घारीपाटन पोखराको  निरीक्षणका क्रममा उनले स्वास्थ्यको पहँुंचबाट वञ्चित भएका ग्रामीण भेगका जनताका लागि अस्पतालले शिविर सञ्चालन तथा आँखाको उपचारमा समर्पित हुनु प्रशंसायोग्य काम भएको बताए ।

भारतीय राजदूत पुरीले अस्पतालको सेवा विस्तारका लागि भारतको टतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

पाँच वर्षसम्म आँखाको ज्योति गुमाएकालाई उपचारको माध्यमबाट पुनः आँखा देख्नसक्ने बनाउने कामले आफू निकै प्रभावित भएको बताउँदै उनले आगामी दिनमा यसरी नै सेवा गर्न अस्पतालका चिकित्सक तथा कर्मचारीलाई आग्रह पनि गरे ।

भारतीय राजदूत पुरीले नेपाल–भारत मैत्री सम्बन्धले दुबै देशबीच एक आपसमा सहयोग जारी रहेको बेलामा हिमालय अस्पतालले नेपालको विभिन्न भागमा पु¥याएको सेवा सुविधाबाट आफू निकै खुसी रहेको र आगामी दिनमा आँखाको उपचारमा आवश्यक पर्ने स्रोतसाधन जुटाउन आफूले पहलकदमी गर्ने बताए ।

सो अवसरमा राजदूत पुरीलाई नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष डाक्टर दिलबहादुर क्षेत्री, हिमालय आँखा अस्पताल घारीपाटन पोखराका प्रमुख डाक्टर इन्द्रमान महर्जन र शैलेश मिश्रले हिमालय आँखा अस्पताल र नेत्रज्योति सङ्घले हालसम्म गरेका गतिविधिबारे जानकारी गराएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *