पोखरामा निःशुल्क स्वास्थ्य शिविर
पोखरा, १४ असार । चिल्ड्रेन नेपाल र लायन्स क्लब अफ पोखरा गण्डकीद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर मङ्गलबार सम्पन्न भएको छ ।
शिविरमा चिल्ड्रेन नेपालबाट सहयोग प्राप्त गरेका अभिभावक र बालबालिकासहित दुई सय ४८ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा बालरोग, स्त्रीरोग, हाडजोर्नीलगायतको सेवा प्रदान गरिएको लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष शारदा शर्माले जानकारी दिइन् ।
पोखरा लेखनाथ महानगरपालिकाका–७ का अध्यक्ष रामचन्द्र बरालले शुभारम्भ गरेका थिए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



