वरिष्ठ नेता पौडेलद्वारा पूर्वमन्त्री जोशीको स्वास्थ्यबारे जानकारी

0
Shares

काठमाडौँ, १३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

वरिष्ठ नेता पौडेलले आज दिउँसो ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार गराइरहेका नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

त्रियानब्बे वर्षीय नेता जोशीलाई गत बुधबार एक्कासी हातगोडा चल्न छाडेपछि अस्पताल भर्ना गरिएको उनका भतिजा विष्णु जोशीले जानकारी दिए।

सोमबार उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाशमान सिंहले अल्का अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *