नल्लुमा सरसफाई अभियानलाई तिब्रता पारिदै

0
Shares

ललितपुर,  ९ असार । ललितपुरको कन्ज्योसोम गाउँपालिका वडा नं.४ ( साबिक नल्लु गाविस) मा पूर्ण सरसफाई अभियान तिब्र पारिएको छ । सो वडाले खुल्ला दीशामुक्त क्षेत्र घोषणा गरिसकेपछि त्यसपश्चातको अभियानलाई तिब्रता दिएको हो ।

उक्त वडामा कुल ५५० घरधुरी रहेकोमा स्वस्थ घर सर्वेक्षण गरिएको संख्या ४९९ रहेको बिहिवार डिवास, भिवास सिसि र फन्ड बोर्डले संयुक्तरुपमा गरेको अनुगमन उक्त जानकारी प्राप्त भएको हो ।

फन्डबोर्डले वडामा कार्यक्रम सम्झौता हुनु अघि सरसफाइको नाजुक अवस्था भएको घरको संख्या ३७२ मा थियो भने कार्यक्रम सम्झौता भएपछिको अवस्थाको घरको संख्या १३७ रहेको सरसफाई अधिकृत सजना आचार्यले बताइन ।

उनका अनुसार सम्झौता हुनुअघि सरसफाई सुधार हुँदै गएको घरको संख्या ९९ थियो भने सम्झौता भएपछिको घरको संख्या २६३ पुगेको छ ।
त्यस्तै सम्झौता हुनु अघि सरसफाईको अवस्था राम्रो भएको घर संख्या १ थियो भने सम्झौता पछिको घरको संख्या बढेर ९७ पुगेको कार्यक्रममा जानकारी गराईको छ ।

कार्यक्रममा ४ नं. वडाको वडाध्यक्ष तिर्थबहुादुर घलानले नल्लुनमा पछिल्लो समयमा सरफाई अभियानले तिब्रता पाएको भन्दै अभियानलाई सार्थकता दिने आफूले सरोकारवाला सबैसँग मिलेर काम गर्ने बताए । सरसफाई गर्नुपर्छ भन्ने भावनाको विकास स्थानीयतमा जागृत भएको भन्दै आगामी दिनमा यस अभियानले झनै तिब्रता पाउने जानकारी दिए ।

कार्यक्रममा नंं. वडाका वडा सचिव दामोदर रिजालले स्थानीयहरुको साथ र सहयोगले नै आफूलाई काम गर्न हौसला मिलेरको स्पष्ट गरे । अहिले यस वडामा एक घर एक शौचालय निर्माण भइ त्यसपछिको सरसफाई अभियानलाई समेत निरन्तरता दिन स्थानीयहरु सक्रिय भएको रिजालको भनाइ छ ।

कार्यक्रममा खुल्ला दीशामुक्त र त्यसपछिको सरसफाई कार्यक्रमका टिम लिडर डिएन (दलनाथ) तिमलसिनाले स्थानीयहरुको जागरुकता र वडाध्यक्ष र सचिवको सक्रियताले पूर्ण सरसफाई अभियानलाई निरन्तरता दिन सकिएको बताए ।

कार्यक्रममा खानेपानी तथा सरफाई अधिकृत खडानन्द गौतम, डिवास र भिवास सिसिका प्रतिनिधिहरुले स्थानीय जागरुक हुँदा सरसफाई अभियानले सधै निरन्तता पाउने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *