अस्पतालजन्य फोहरबाट मासिक तीस हजार आम्दानी

0
Shares

काठमाडौँ, ८ असार । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट निस्कने फोहरबाट अस्पतालले मासिक रु ३० हजार आम्दानी गर्दै आएको छ ।

हरेक महिनाको दुईपल्ट निस्कने फोहर जो पुनः प्रयोग गर्न सकिन्छ यस्तो फोहरबाट एकपटकमा कम्तीमा रु १५ हजारसम्म आम्दानी हुने गरेको अस्पतालले जनाएको छ ।अस्पतालका हाउस किपर भवानी खड्काले दिनमा सबै गरेर करिब ३०० केजी फोहर निस्कने र त्यसमध्ये पुनः प्रयोग हुने, कुहिने, नकुहिनेलगायतका फोहर छुट्याएर हामीले बेच्नेखालका फोहर सङ्क्रमणरहित पारेर बेच्ने गरेको बताए ।

उनले भने – “अस्पतालजन्य फोहर बिरामीअनुसार हरेकपटक घटबढ हुने गर्छ । तर औषतमा हरेक महिना फोहर बेचेर भएको आम्दानी अस्पतालकै आम्दानीमै जोडिन्छ ।’’

यही हिसाबले हरेक वर्ष अस्पतालले रु तीन लाख ६० हजार आम्दानी गरी सो रकम अस्पताल सुधारकै काममा प्रयोग गर्ने गरेको अस्पतालका वरिष्ट लेखा अधिकृत चन्द्रबहादुर गुरुङले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *