बनभोज खुवाएर नयाँ हेल्थ असिस्टेन्टको स्वागत

1.2k
Shares

पोखरा, ७ असार । हेल्थ असिस्टेन्ट संघ कास्कीले लोकसेवा आयोग पास गरी जिल्लाबाट सेवा सुरु गर्न लागेका हेल्थ असिस्टेन्टहरुलाई स्वागत गरेको छ ।

संघले पोखरास्थित शान्ति बन बाटिकामा बनभोजको आयोजना गरि स्वागत गरेको हो । सो अवसरमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेशकुमार चापागाँईले हेल्थ असिस्टेन्टे नयाँ नयाँ सृजनशील कार्य गर्दै स्थानीय तहमा स्तरीय सेवा दिनुपर्ने बताए । उनले जनस्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राख्दै नयाँ नयाँ प्रविधिमा अपडेट हुँदै स्वास्थ्य सेवा दिन आग्रह गरे ।

हेल्थ अस्सिटेन्ट कास्कीका अध्यक्ष दिवान श्रेष्ठले सेवा प्रवेश गरेका नयाँ हेअलाई स्वागत गरेको थिए । कार्यक्रममा जिल्ला जनस्वास्थ्यका र त्यस अन्तर्गतका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको सगुन पौडेलले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *