पतान्जली आयुर्वेदिक केन्द्रबाट बिक्री हुँदै आएको ६ वटा भारतीय औषधि गुणस्तरहीन
काठमाडौँ ७ असार । पतान्जली आयुर्वेदिक केन्द्रबाट विक्री हुने ६ वटा आयुर्वेदिक औषधि सहित सात भारतीय कम्पनीका औषधि गुणस्तरहीन पाइएको छ ।
उक्त गुणस्तरहीन औषधिको विक्री बितरण बन्द गरी तत्काल बजारबाट फिर्ता (रिकल) गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।
गुणस्तरहीन पाइएका औषधिहरुमा माइक्रो ल्याव लिमिडेट बेङलोरको उत्पादन ब्याक्टोल्याव, दिव्य फार्मेसी उत्तराखण्ड भारतबाट उत्पादन हुने अमला चुर्ण, दिव्यगसर चुर्ण, बाकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्या चुर्ण रहेका छन् । यिनीहरुको माईक्रोवेल टेष्ट फेल भएको विभागले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



