लागूऔषध दुरुपयोग बिरुद्धको दिवस सप्ताह व्यापी रुपमा मनाइदै

52
Shares

काठमाडौँ, ४ असार । ‘बालबालिका र युवाको स्वास्थ्य र सुरक्षित विकासका लागि सर्वप्रथम उनीहरुको कुरा सुनौँ’ भन्ने मूल नाराका साथ लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रमसहित सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।

विविधि कार्यक्रमको आयोजना गरिने भएको छ ।

गृहमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव केदार न्यौपानेले यही असार ६ देखि १२ गतेसम्म विविधि कार्यक्रमको आयोजना गरी यो दिवस मुलुकभरी मनाउने तयारी गरिएको जानकारी दिए ।

लागुऔषध एक जना व्यक्तिको नभई सिङ्गो समाजको समस्या भएकाले समाज नै मिलेर यसको सामना गर्नुपर्ने उनले बताए ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख धिरु बस्न्यातले लागुऔषधको प्रयोग वृद्धि हुनु भनेको स्वतः अपराधको पनि वृद्धि हुनु भएकाले यसको नियन्त्रणका लागि सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको छ भने।

प्रहरीको मात्रै सक्रियताले लागुऔषध नियन्त्रण सम्भव नभएको भन्दै घरपरिवार, विद्यालय, समाज सबैले यसको निगरानी राख्नुपर्नेमा उनले जोड दिए ।

दिवसका अवसर पारेर नेपालभरका चलचित्र भवनमा लागुऔषधविरुद्धको सचेतनासम्बन्धी सामग्री प्रसारण गर्ने, स्थानीय निकायका जनप्रतिनिधिलाई सहभागी गराई अन्तक्र्रिया कार्यक्रम गर्ने, विद्यालय र कलेजमा सचेतना कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम गर्ने तयारी भइरहेको सो अवसरमा जानकारी गराइयो ।

यस्तै असार १२ गते दिवसको अवसर पारेर प्रभातफेरी तथा प्रज्ञा–प्रतिष्ठानमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

नेपालमा एक लख ४२ हजार कडा लागुऔषधका प्रयोगकर्ता रहेको र हरेक वर्ष ११ दशमलव ६७ प्रतिशतले बढिरहेको छ । जसमध्ये महिलाको सङ्ख्या १० प्रतिशत छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर १९८७ मा प्रत्येक वर्ष जुन २६ लाई लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *