पुम्दीभुम्दीलाई एम्बुलेन्स हस्तान्तरण

पोखरा, २ असार । पोखरा लेखनाथ महानगरपालिका–२२ पुम्दीभुम्दीलाई आज एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
पुम्दीभुम्दी–काठमाडौँ सम्पर्क समाजको सक्रियतामा भारतीय दूतावासले उक्त एम्बुलेन्स उपलव्ध गराएको वडाध्यक्ष मित्रलाल बरालले बताए।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बरालको उपस्थितिमा समाजका अध्यक्ष हेमराज बरालले वडाध्यक्ष बराललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।
सचिव बरालले एम्बुलेन्सको व्यवस्थाले बिरामीको उपचारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



