क्यान्सरपीडित तीन वर्षीया प्रशंसा राईको उपचारका लागि आर्थिक सहयोग
मोरङ, ३० जेठ । उर्लाबारी–९ का क्यान्सरपीडित तीन वर्षीया प्रशंसा राईको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।
विभिन्न देशमा कार्यरत नेपालीले प्रशंसाको उपचारका लागि सहयोग रकम पठाएका हुन् । उर्लाबारी–७ घर भई हाल अमेरिकामा रहेका सुरेन्द्र राईले आफू र साथीभाइको तर्फबाट रु ६१ हजार ८४१ पठाएका छन् ।
उक्त रकम सुरेन्द्रकी आमा यमुना फागो लिम्बू, युवा व्यवसायी तथा किरात राई यायोख्या उर्लाबारी नगर कार्य समिति सदस्य प्रभु राई, नरेन्द्र लिम्बू, न्यानो अभियान उर्लाबारीका अध्यक्ष पूर्णसिंह लिम्बू, समाजसेवी तेजन खड्काले उक्त रकम संयुक्त रुपमा आज हस्तान्तरण गरे ।
यस्तै, प्रशंसाको उपचारका लागि उर्लाबारी–९ का ईश्वर बस्नेतले कतारबाट पठाएको रु ५० हजार प्रशंसाको हजुरबुबा काजीमान र हजुरआमा कालीमायालाई आजै हस्तान्तरण गरिएको छ । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



