कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

0
Shares

दाङ, २८ जेठ । दाङ कारागारमा रहेका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

राप्ती आँखा अस्पताल रक्षाचौर दाङको सहयोगमा शनिवार आयोजना गरिएको आँखा परीक्षणमा २० जना महिलासहित एक सय २७ जना कैदीबन्दीले आँखा परीक्षण गराएको अस्पतालका अधिकृत शालिकराम गौतमले जानकारी दिए ।

कैदीबन्दीलाई अस्पतालसम्म लैजान कठिनाई हुने भएकाले सहजताका लागि कारागारभित्रै आँखा परीक्षण कार्यक्रम आयोजना गरिएको कारागार प्रशासनले जनाएको छ ।

आँखा परीक्षण गराएका कैदीबन्दीमध्ये २१ जनालाई चश्मा प्रयोग र पाँच जनाको आँखामा मोतिविन्दु देखिएको गौतमले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *