हेपाटाइटिस सम्वन्धी परीक्षण र प्रशिक्षण दिई मेलानले मनायो स्थापना दिवस

132
Shares


पोखरा २७ जेठ । हेपाटाइटिस बी सम्वन्धी सचेतना तथा निशुल्क रक्त परीक्षण कार्यक्रम गरी मेडिकल ल्यावरेटोरी एसोशिएसन नेपाल (मेलान)ले आफ्नो १२ औँ स्थापना दिवस मनाएको छ ।

शुक्रबार पोखरा लेखनाथ महानगरपालिका १३ मा भएको कार्यक्रममा ४१७ जनाको निशुल्क HBsAg परीक्षण गरिएको थियो । सो क्रममा दुई जनामा संक्रमण देखिएको थियो ।

मेलान पश्चिमाञ्चल क्षेत्रीय कमिटि तथा कास्की जिल्ला कमिटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा जनस्वास्थ्यकर्मी सगुन पौडेलले सहजीकरण गरेका थिए ।

मेलान पश्चिमान्चलका क्षेत्रीय कमिटि अध्यक्ष वासुदेव कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित वडाअध्यक्ष दर्शन लामा रहेका थिए।

उक्त कार्यक्रम मेलान पश्चिमान्चल क्षेत्रीय कमिटिका सचिव रविन्द्र वास्ताकोटीले संचालन गरेका थिए। कार्यक्रमको सहजीकरण जनस्वास्थ्यकर्मी सगुन पौडेलले गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *