फेदीपाटनमा खोप केन्द्र भवनको उद्घाटन

104
Shares

पोखरा, २१ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ फेदीपाटनमा रु दुई लाख १९ हजारको लागतमा खोप केन्द्र भवन निर्माण गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको रु दुई लाख १० हजार र बाँकी स्थानीय जनश्रम परिचालन गरी सो भवन निर्माण सम्पन्न गरिएको हो ।

खगराज आचार्यले शनिबार आयोजित एक कार्यक्रममा सो नवनिर्मित भवनको उद्घाटन गर्दै शिक्षा, स्वास्थ्यलगायतका विभिन्न विकास निर्माणमा साझेदारीको खाँचो रहेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय, कास्कीका खोप केन्द्र प्रमुख एकनारायण लम्सालले मातृशिशु सुरक्षाका लागि सरकारले सञ्चालन गरेको पूर्ण खोपका लागि प्रतिव्यक्ति रु चार हजार ३०० खर्च हुने गरेको जानकारी दिए । उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले चालु आवमा रु ३१ लाख ५० हजारको लागतमा जिल्लाका विभिन्न स्थानमा १५ वटा खोप केन्द्र भवन निर्माण गरिएको छ ।

सो भवन निर्माणपछि दम्सादी, मास्पाटन, फेदीपाटन र खच्र्याङका गर्भवती महिला र बालबालिकालाई सर्वसुलभ रुपमा खोप सेवा पुग्ने निर्मल पोखरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष टीकाराम पौडेलले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *