किशोरी बलात्कार गर्ने एमबीबीएसका विद्यार्थी जेल चलान

0
Shares

पाल्पा, १९ जेठ । छिमेकीको घरमा डेरागरी बस्ने किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एमबीबीएसका विद्यार्थी जेल चलान भएका छन् ।  लुम्विनी मेडिकल कलेजमा एमबीबीएस अन्तिम बर्षका विद्यार्थी २१ बर्षीय सरोज अधिकारी जेल चलान भएका हुन् । 

बारुदखानस्थित आफ्नो घर नजिकै डेरागरी बस्ने युवतीलाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोपमा उनलाई पाल्पा प्रहरीले गत महिना पक्राउ गरेको थियो ।

अस्पतालको रिपोर्टमा समेत बलात्कार गरेको पुष्टि भएपछि प्रहरीले कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालत पाल्पाले उनलाई गत साता पूर्वपक्षका लागि जेल चलानको आदेश दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रमेश पंडितले बताए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *