‘सुपमा तीन बर्ष भित्रै मेडिकल कलेज सञ्चालनमा ल्याउने पहल गर्छु’

0
Shares

धनगढी, १८ जेठ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज आगामी तीन वर्षमा सञ्चालनमा ल्याउन आफूले पहल गर्ने बताएका छन् ।

कलेज भवनको निर्माण कार्यबारे जानकारी लिन बुधबार गेटा पुगेका उनले पत्रकारसँग कुरा गर्दै माफियासँग मिलेर केही नेताले कलेज निर्माणको प्रक्रिया रोक्न खोजेकामा आफ्नो दबाबपछि शिलान्यास भई निर्माण कार्य अघि बढेको दाबी गरे ।

उनले माफियासँग मिलेर निजी मेडिकल कलेज सञ्चालन गर्ने काम बन्द गराउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

साबिक गेटा गाविसको गेटी गाउँमा मेडिकल कलेज निर्माणाधीन रहेको छ । चालु वर्षमा एक÷एकवटा कलेज भवन र अस्पताल भवन निर्माण भइरहेको छ । यसका लागि चालु वर्षमा रु ५० करोड बजेट विनियोजन गरिएको थियो । रासस
––––––––

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *