बर्दियामा निर्वाचनपछि स्वास्थ्य बिमा कार्यक्रम

0
Shares

बर्दिया, १७ जेठ । जिल्लामा निर्वाचनपछि मात्र सामाजिक स्वास्थ्य बिमा दर्ता कार्यक्रम सञ्चालन हुने भएको छ ।

सरकारले गुणस्तरीय सेवामा सबेको पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो । विसं २०७२ चैत २५ गते कैलालीबाट सुरु भएको सो कार्यक्रम अहिले मुलुकका आठवटा जिल्लामा सञ्चालनमा आएको छ ।

आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस भनेर आर्थिक जोखिमलाई कम गर्ने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बर्दियाका प्रवद्र्धक कपिलदेव अर्यालले बताए । कैलाली, इलाम र बागलुङमा सुरु भएको सामाजिक स्वास्थ्य बिमा कार्यक्रम अहिले बैतडी, अछाम, म्याग्दी, कास्की र पाल्पामा सञ्चालन भइरहेको छ ।

“कार्यक्रमबाट करिब ८२ हजार नागरिकले स्वास्थ्य बिमा गरिसकेका छन्,” अर्यालले भन्नुभयो । स्थानीय तहको निर्वाचन लगत्तै बिमा दर्ता कार्यक्रम अगाडी बढाइने उनले बताए । जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि ३३५ स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीका अनुसार सामाजिक स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनाको परिवार भएमा रु दुई हजार ५०० का दरले बिमा गराएबापत रु ५० हजारसम्म उपचार खर्च, पाँच जनाभन्दा बढी भएमा प्रतिव्यक्ति रु ४०० का दरले बिमा गराउने उपचार खर्च बढ्दै जानेछ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *