बिएन्डसी अस्पतालमा ‘ग्यास्ट्रो इन्टेरोलोजी’ सेवा

4
Share

 

 

झापा, १६ जेठ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले ‘ग्यास्ट्रो इन्टेरोलोजी’ सेवा सुरु गरेको छ ।

विभिन्न आधुनिक प्रविधि तथा विशेषज्ञ चिकित्सकसहित सेवा प्रदान गर्दै आएको अस्पतालले ग्यास्ट्रो इन्टेरोलोजी सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।

अस्पतालमा यसै साता ग्यास्ट्रो इन्टेरोलोजिस्ट डा हरि घिमिरे आएसँगै उक्त सेवा सुरु भएको गिरीले बताए । पूर्वमै पहिलो पटक यो सेवा सुरु गरेको भन्दै डा घिमिरेले रक्सी धेरै सेवनका कारण कलेजोसम्बन्धी समस्या हुने र उक्त समस्याले गर्दा बिरामीको सङ्ख्यामा वृद्धि हुने गरेको बताए ।

खानाको नली, ठूलो आन्द्रा, सानो आन्द्रा सबैखाले हेपाटाइटिस, कलेजोसम्बन्धी समस्या, ग्यास्ट्रिक बढेको, छाती तथा मुटु पोल्ने समस्या, मुखमा पानी आउने, अमिलो–पिरो हुने, खाँदा कुनै कुरा अड्किएको, पेट फुल्ने, कालो दिसा जानु, नियमित दिसा नहुनुजस्ता समस्याको डा घिमिरेले उपचार गर्ने बताइएको छ ।

नेपालमा ‘लिभर सिरोसिस’ को समस्या दिनानुदिन बढ्दै गएको पनि डा घिमिरेले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *