नवनिर्वाचित नगरप्रमुखद्वारा रक्तदान गरी शुभारम्भ

0
Shares

भक्तपुर, १३ जेठ । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आज यहाँ आयोजित रक्तदान कार्यक्रमको आफैले रक्तदान गरी शुभारम्भ गरे ।

कार्यक्रममा उनले यस नगरपालिकाको विकास र नगरलाई समृद्ध बनाउने अभियानमा लागिसकेको बताउँदै आगामी पाँच वर्षमा नगरको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा एमाले मध्यपुरथिमि नगर समितिले थिमिको बालकुमारी मन्दिर प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।

रगतको अभाव पूरा गर्न र युवापुस्तालाई सामाजिक सेवामा लाग्न अभिप्रेरित गर्ने तथा स्थानीय निकायको निर्वाचन सफल पार्ने मतदातालाई धन्यवाद दिन कार्यक्रम आयोजना गरेको एमाले मध्यपुर संयोजक बचन देउजाले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *