स्थायी बन्ध्याकरणपछि फेरी सन्तान चाहिएपछि …

648
Shares

काठमाडौँ, १३ जेठ । तपाईं पुरुष हुनुहुन्छ र स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) पनि भईसक्यो तर कारणबस सन्तान आवश्यक भयो ,  के गर्नुहुन्छ तपाईँ ?   तर नआत्तिनुहोस् नेपालमा यसको समाधान पनि छ । तपाईँ पुन बन्ध्याकरण उल्ट्याएर अर्को सन्तान जन्माउन सक्नुहुन्छ ।

बन्ध्याकरण उल्ट्याउनुलाई चिकित्सकीय भाषामा रिक्यानालाइजेशन भन्छिन । नेपाल परिवार नियोजन संघको तथ्यांकले मात्रै हेर्दा पनि रिक्यानलाइजेशन गर्नेको संख्या बार्षिक रुपमा एक सय बढी हुने गरेको छ ।

परिवार नियोजनसंघका डा. ओम महर्जन भन्छन्, ‘पहिली श्रीमतीसँग सम्बन्धविच्छेद गरेर दोस्रो विवाह गरेकाहरूले रिक्यानालाइजाजिओन गर्ने गरेका छन् । दोस्री श्रीमतीबाट सन्तानको चाहना हुने भएपछि उनीहरू यो प्रक्रियामा जाने गरेका छन् ।’

कसरी गरिन्छ रिक्यानालाइजेशन ?

भ्यासेक्टोमीका वेला काटेर बाँधिएको ठाउँमा शुक्रकिट नलीलाई रिक्यानालाइजेशन गर्दा फेरि काटेर नयाँ ठाउँमा जोडिन्छ । शल्यक्रिया गरी पुनः जोडिएको नलीमा फेरि शुक्रकिट बहने गर्छ । अहिलेसम्म रिक्यानालाइजेशन गरेका केस ५० प्रतिशत सफल हुने गरेको रेकर्ड रहेको डा. महर्जन बताउँछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *