पत्रकार उपचार कोषका लागि आर्थिक सहयोग
झापा, ८ जेठ । झापा बिर्तामोड नगरपालिका–६ स्थित यशोदा निरौला स्मृति प्रतिष्ठानले पत्रकार सहारा उपचार कोषका लागि रु २१ हजार प्रदान गरेको छ ।
सो रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई हिजो एक समारोहका बीच प्रतिष्ठानका अध्यक्ष नन्दिकेशर निरौलाले प्रदान गरेका हुन् ।
घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पु¥याउन रु एक करोडको उपचार कोष बनाउने नेपाल पत्रकार महासङ्घ, झापा शाखाको उद्देश्य रहेको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



