पत्रकार उपचार कोषका लागि आर्थिक सहयोग

झापा, ८ जेठ । झापा बिर्तामोड नगरपालिका–६ स्थित यशोदा निरौला स्मृति प्रतिष्ठानले पत्रकार सहारा उपचार कोषका लागि रु २१ हजार प्रदान गरेको छ ।

सो रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई हिजो एक समारोहका बीच प्रतिष्ठानका अध्यक्ष नन्दिकेशर निरौलाले प्रदान गरेका हुन् ।

घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पु¥याउन रु एक करोडको उपचार कोष बनाउने नेपाल पत्रकार महासङ्घ, झापा शाखाको उद्देश्य रहेको छ । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *