पत्रकार उपचार कोषमा सहयोग जुट्दै
झापा, २९ वैशाख । पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा सहयोग जुटेको छ ।
घाइते तथा बिरामी पत्रकारलाई सहयोग गर्ने उद्देश्यले महासङ्घले रू एक करोड बराबरको को कोष पु¥याउने लक्ष्य लिएकामा विभिन्न सङ्घ संस्था, व्यक्ति, उद्योग प्रतिष्ठान तथा पत्रकार स्वमंले पनि सहयोग प्रदान गरिरहेका छन् ।
यसैबीच, आज कोषका लागि बिर्तामोड निवास व्यवसायी निर्मल भट्टराईले रू ५० हजार सहयोग प्रदान गरेका छन्। भट्टराईले उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे।
भट्टराई नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका उपसभापति हुन् ।
महासङ्घ शाखा अध्यक्ष तारामणि सापकोटाले उपचार कोषमा रकम बढ्दै गएकामा सहयोगीहरु प्रति आभार प्रकट गरे । उनले महासङ्घको यस अभियानमा सहयोग गर्न सबैसंग आग्रह गरेका छन् रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



