मिर्गौला रोगबाट पीडित प्रमिनलाईअस्ट्रेलियामा रहेका नेपालीद्वारा आर्थिक सहयोग

0
Shares

झापा, २८ वैशाख । दुवै मिर्गौलाले काम गर्न छाडेर थलिएका झापाको भद्रपुर नगरपालिका–८ निवासी प्रमिन कोइरालालाई अस्ट्रेलियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

कोइरालाको उपचारका लागि भद्रपुर घर भई हाल अस्ट्रेलिया बस्दै आएका नेपालीले रु एक लाख ३७ हजार आर्थिक सहयोग गरेका हुन् । विगत १० वर्षयता मिर्गौला रोगबाट पीडित बनेका ३३ वर्षीय कोइरालालाई रमेश पोखरेलको अगुवाइमा रकम सङ्कलन गरेर उनको परिवारलाई बुधबार हस्तान्तरण गरिएको छ ।

पत्रकार उपचार कोषलाई सहयोग

यसैगरी, समाजसेवी डिल्ली प्रसाईंले पत्रकार सहारा उपचार कोषका लागि रु २५ हजार १६५ रुपैयाँ सहयोग गरेका छन्। बिर्तामोड नगरपालिका–५ महानन्द चौक निवासी प्रसाईंले बुधबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे।

नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष रु एक करोडको बनाउने लक्ष्य लिएको छ ।

कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासङ्घका सहसचिव एवम् कोषका सचिव केशव भट्टराईले बताए । प्रसाईंले आफ्नो तर्फबाट केही समयभित्रै कोषमा थप रकम प्रदान गरेर रु ५१ हजार पु¥याइदिने प्रतिबद्धतासमेत व्यक्त गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *