‘योगालाई खेलकुदसँग जोडिने’

0
Shares

काठमाडौँ, २५ वैशाख । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले योगाको माध्यमबाट व्यक्तिको शरीरमा स्वस्थता आउने तथा मानसिक एकाग्रता हुने भएकाले सरकारले योगालाई खेलकुदसँग जोड्ने योजना बनाएको बताएका छन् ।

नेसनल स्पोर्टस काउन्सिलले आयोजना गरेको प्रथम साउथ एसियन योगा च्याम्पियनशीप–२०१७ को आज ललितपुरमा उद्घाटन गर्दै उनले असल आचरण भएका खेलाडी नै देशको राम्रा खेलाडी बन्न सक्ने बताए ।

सो मन्त्रालयका सचिव महेशप्रसाद दाहालले योगाले व्यक्तिलाई आत्मनुशासनमा बाँध्ने बताए । इण्डियन योगा स्पोर्टस् फेडरेसनका वरिष्ठ उपसभापति सुरजपाल सिंह तथा उपसभापति सुरेन्द्रसिंह चौहानले योगाले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई जनस्तरमा प्रगाढ बनाएको धारणा राखेका थिए।

यही वैशाख २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपाल, पाकिस्तान, भारत तथा बङ्गलादेशका गरी १६० जनाले प्रतिस्पर्धा गर्ने बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *