नारायणी उपक्षेत्रीय अस्पतालमा किलिया सेवा सुरु

0
Shares

 

पर्सा, २२ वैशाख । वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा आजदेखि ‘किलिया एनलाइजर’ सेवा सुरु भएको छ ।

उपक्षेत्रीय अस्पताल विकास समितिले रु ४० लाखको लागतमा केमो लिमिनिसनस इमोनोएसे मेसिन जडान गरेपछि अस्पतालले किलिया सेवा सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आज सो सेवाको शुभारम्भ गरे । प्रयोगशालामा जडान गरिएकोसो उपकरणका माद्यमले नसर्ने रोग परीक्षण गरी बिरामीलाई रोग लाग्नु अघि नै रोगका बारेमा जानकारी दिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरङ्जन साहले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको विषेश पहलमा सो मेसिन जडान गरिएको हो । उच्च रक्तचाप, हाइपरटेन्सन, क्यान्सरलगायत रोगबारे किलिया विधिबाट बिरामीको रगत परीक्षण गरी पत्ता लगाउन सकिने साहले बताए । अस्पतालले प्रारम्भ गरेको उक्त सेवाबाट बाझोपन, थाइराइड, हार्मोन, ट्युमरलगायत एक सय २० प्रकृतिका रोगको परीक्षण गर्न सकिने छ ।

“अब यहाँका बिरामीले उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको छ,” अस्पतालका प्रयोगशाला प्रमुख श्रवणकुमार मिश्रले भने । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *