सर्पदंश उपचार केन्द्रमा सोलार जडान

0
Shares

मोरङ, १८ वैशाख । मोरङको लेटाङ नगरपालिका–४ स्थित लेटाङ सर्पदंश उपचार केन्द्रमा सोलार प्यानल जडान गरिएको छ । सर्पदंश बिरामीको उपचारमा सहजता ल्याउन जिल्ला समन्वय समिति र सूर्यदल गणको सहयोगमा सोलार जडान गरिएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा रु चार लाख ५० हजारको लागतमा सोलार प्यानल जडान गरिएको हो । सोलार प्यानलको इटहरीस्थित नेपाली सेनाका पूर्वी पृतनापति प्रह्लाद थापाले एक कार्यक्रमकाबीच आइतबार उद्घाटन गरे ।

पूर्वी पृतना तालिम शिक्षालयको सहयोगमा ०६७ सालदेखि सो स्थानमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको हो । हालसम्म सो उपचार केन्द्रबाट २३१ जनाले उपचार पाएको समितिका अध्यक्ष मिनकुमार राईले बताए ।

डेढ किलोवाटको सोलार प्यानलबाट दुईवटा फ्रिज सञ्चालन हुनुका साथै १० वटा बल्ब दुई दिनसम्म सहज रुपले बल्ने जिल्ला समन्वय समिति मोरङका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, स्थानीय विकास अधिकारी सोभाखर रेग्मी, युएनडिपिका विजय सिंह तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका शालिक गौतमलगायतको सहभागिता रहेको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *