नेपालको पहिलो नर्स स्वर्गीय लामू अमात्य

1.5k
Shares

काठमाडौँ, १७ बैशाख । सरकारले स्वर्गीय लामू अमात्यलाई नेपालको पहिलो नर्सको उपाधी दिएको छ । स्वास्थ्य मन्त्रालयले आज एक कार्यक्रम गरी अमात्यलाई पहिलो नर्सको उपाधी दिएको हो ।

स्वास्थ्य मन्त्री गगन थापाले स्वर्गीय अमात्यको छोरा योगेश्वर अमात्यलाई पहिलो नर्सको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यसअघि गत ७ फागुनको मन्त्रीस्तरीय निर्णयबाट लामूलाई पहिलो नर्स घोषणा गर्ने निर्णय गरेको थियो ।

विसं १९८८ माघ १४ गते जन्मिएकी लामू २०६९ जेठ १९ गते निधन भएको थियो। उनले २०१२ साल फागुन ३० गतेदेखि नेपालमा नर्सका रुपमा सेवा दिन थालेकी थिइन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तालिम परियोजनाबाट उनले काम सुरु गरेकी थिइन्। उनले भारतबाट २०११ साल साउनमा नर्सिङ कोर्स पूरा गरेकी थिइन्।

यसअघि नर्स उमादेवी दासले पनि आफू नेपालको पहिलो नर्स भएको दाबी गरेकी थिइन्। दुई जनाको दावीका बीच आज मन्त्रालयले आधिकारिक रुपमा पहिलो नर्स घोषणा गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *