हावाहुरीले क्षति पु¥याउँदा प्रसूति सेवा बन्द

0
Shares

बैतडी, १४ वैशाख । वर्षासँगै चलेको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटको सुनजुनीमा रहेको सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पु¥याउँदा प्रसूति सेवा बन्द भएको छ ।

आइतबार बेलुका वर्षासँगै चलेको हावाहुरीले तीनकोठे भवनको छानो उडाएपछि सुरक्षित प्रसूति सेवा केन्द्रभित्र राखिएका औषधि, सुत्केरी समान, सुत्केरी गराउने श्ययामा क्षति पुगेको कुवाकोट स्वास्थ्यचौकीका इन्चार्ज लोकेश जोशीले जानकारी दिए ।

“हावाहुरीले छानो उडाएपछि भित्र रहेका सबै सामान भिजेर नष्ट भएका छन्”, उनले भने, “सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पुगेकाले तत्कालका लागि सुरक्षित प्रसूति सेवा दिन सकिँदैन ।”

सुरक्षित प्रसूति सेवाका लागि तत्काललाई त्यस क्षेत्रका गर्भवती महिलाले कुवाकोट स्वास्थ्यचौकीमा आउनुपर्ने समेत उनले बताए । साथै, सुनजुनीमा रहेको सुरक्षित प्रसूति सेवा केन्द्रको भवन पुनर्निर्माण नहुँदासम्म सो ठाउँबाट सेवा प्रवाह गर्न नसकिने बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *