एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

0
Shares

झापा, ९ वैशाख । मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ ।

११ दिनसम्म चल्ने शिविरमा एक्युप्रेसर पद्दतिबाट उपचार गरिने शिविर आयोजक समितिका संयोजक भगवाद दास सिङगलले जानकारी दिए। १८ गतेसम्म सञ्चालन हुने शिविरमा मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च र मारवाडी कन्या मञ्चको संयुक्त आयोजना रहेको छ ।

शिविरमा डा लक्ष्मीनारायण स्वामी, डा अरविन्दकुमार र डा अभिजितले सेवाग्राहीको स्वास्थ्य जाँच गरिरहेका छन् । एक्युप्रेसर रिसर्च एन्ड टिर्टमेन्ट इस्टिच्युट जोधपुर राजस्थान भारतको प्राविधिक सहयोगमा शिविर सुरु भएको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *