हेल्थ असिस्टेन्ट संघ कास्कीद्धारा क्यालेन्डर प्रकाशन

पोखरा ७ बैशाख । हेल्थ असिस्टेन्ट संघ कास्कीले नयाँ बर्ष २०७४ सालको भित्तेपात्रो (क्यालेन्डर) प्रकाशित गरेको छ । प्रकाशित क्यालेन्डरको बुधबार एक कार्यक्रमका बीच विमोचन समेत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला जनस्वास्थ्य प्रशासक दिनेशकुमार चापागाईले प्रोफेसनल उपस्थिति झल्काउने गरि हेल्थ असिस्टेन्ट संघ कास्कीले क्यालेन्डर बनाएको खुशी व्यक्त गरे । उनले पेशागत मर्यादामा रहि सधै यसैगरी रचनात्मक काममा लाग्नुपर्ने भन्दै शुझकामना व्यक्त गरे ।

हान कास्कीका अध्यक्ष दिवान श्रेष्ठले पेशागत पहिचान तथा जनस्वास्थ्यमा टेवा पुरयाउने उदेश्यले क्यालेन्डर तयार पारेको भन्दै यसबाट आम दैनिक क्रियाकलाप सहित जनस्वास्थ्यका जानकारी समेत सहज रुपमा प्राप्त गर्न सकिने बताए ।

क्यालेन्डर प्रकाशन समितिका संयोजक डीसी थापाले हान कास्कीले छोटो समयमा योजनावनाएर क्यालेण्डर प्रकाशनगर्न सम्पुर्ण सल्लाहकार, साथीहरु तथा विज्ञापन दाताहरुको योगदानले आँफुहरु सफलभएको वताए।उनले जनस्तरमा स्वास्थ्य संवन्धी जनचेतना फैलाउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सक्ने धारणा राखे ।

हान कास्कीका सल्लाहकार सगुन पौडेलले नेपाल मै पहिलो पटक हेल्थ असिस्टेण्टहरुको तर्फवाट नविनतमकार्य गर्न हान कास्की सफल भएको भन्दै प्रोफेसनल झझल्को दिलाउन, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न यसले सहयोग पुरयाउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *