कान्ति अस्पतालको आकस्मिक कक्षमै डाक्टर माथि मुक्का प्रहार

9.1k
Shares

काठमाडौँ, ६ बैशाख । अस्पतालको आकस्मिक कक्षमा विरामी जाँच गर्दै रहेका एक जना चिकित्सकलाई विरामीको आफन्तले मुक्का प्रहार गरेका छन् । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा बच्चाको जाँच गर्दै गरेका डा मुकुन्द देवमाथी मुक्का प्रहार भएको हो ।

अस्पतालका चिकित्सक डा विष्णुरथ गिरीका अनुसार आकस्मिक कक्षमा ल्याइएको एक बच्चाका ठूलो बुवाले डा देव माथि मुक्का प्रहार गरेका हुन् । दिउसो पौने चार बजे तिरको घटनामा पछि मुक्का प्रहार गर्ने व्यक्ति फरार रहेका छन् । प्रहरीले अहिले उनको खोजी गरिरहेको छ ।

‘जन्मदै एबनर्मल भएको बच्चा हो । मस्तिस्कमा समस्या रहेछ । दिउसो इमरजेन्सीमा ल्याएपछि सो बच्चालाई डा देवले हेरिसकेका रहेछन् । पछि फेरी हेर्ने गरि अर्को बच्चा हेर्न लाग्दा पहिलो बच्चाको ठूलो बुबाले पछाडीबाट आएर मुक्का प्रहार गरेको रहेछ,’ अस्पतालका निर्देशक डा अजित रायमाझीले बताए । उनले बच्चा र विरामीका आमा बाबु भने अस्पतालमै रहेको जानकारी दिए ।

प्रहरीले बच्चाका आमा बाबुसंग आक्रमणकारीको जानकारी लिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *