सरकारी तलव अनुसार ‘स्टाईपेन्ड’ बृद्धि गर्न आवासीय चिकित्सकको माग

काठमाडौँ, ५ बैशाख ।  सरकारी तलव सरह आफूहरुको स्टाईपेन्डमा बृद्धि गर्न त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले माग गरेका छन् । उनीहरुले आफूहरुको मागमा व्यवस्था गरे १५ बैशाख देखि विरोधका कार्यक्रम सार्वजनिक गरि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

महाराजगञ्ज मेडिकल क्याम्पस प्रमुखलाई सम्वोधन गरि लेखिएको पत्रमा चालु आर्थिक बर्षमा बढेको तलव अनुसार आफूहरुको स्टाईपेन्ड समायोजन गर्न आग्रह गरिएको छ ।

आवासीय चिकित्सकहरुको संस्था नेशलन रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा लिजन महर्जन र सचिव डा सचित शर्माद्धारा हस्ताक्षरित पत्रमा आर्थिक बर्ष २०७३७४ को बजेटमा कर्मचारीहरुको तलवमा २५ प्रतिशतका दरले तलव बृद्धि भएपनि आफूहरुको स्टाईपेन्ड सो अनुसार समायोजन नभएको कुरा उल्लेख छ ।

पत्रमा सरकारी शिक्षण संस्स्थाहरुमा चिकित्साशास्त्र छात्रबृत्ति छनौट तथा छात्रबृत्ति प्राप्त विशेषज्ञ परिचालन कार्यविधि २०७२ अनुसार २०७२०७३ सेसन देखि भर्ना भएका आवासीय चिकित्सकहरुलाई नेपाल सरकारको आठौँ तहका तलव बराबर स्टाईपेन्ड दिने व्यवस्था भएको उल्लेख गर्दै बढेको तलव अनुसार नै स्टाईपेन्ड तत्काल समायोजन गर्न माग गरिएको छ ।

क्याम्पस प्रमुखलाई सम्वोधन गरि लेखिएको पत्रमा डीन कार्यालय, शिक्षण अस्पताल, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय तथा योजना आयोगलाई बोधार्थ दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *