आज देखि सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण नि:शुल्क

288
Shares

काठमाडौँ, १ बैशाख ।आज देखि मिर्गौला प्रत्यारोपण निशुल्क हुने भएको छ । तीनवटा सरकारी अस्पतालबाट प्रत्यारोपण निशुल्क हुने भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्र, काठमाडौँको बीर अस्पताल र त्रिवि शिक्षण अस्पतालबाट प्रत्यारोपण निशुल्क हुने भएको हो । सरकारले सो कार्यका लागि पहिलो चरणमा डेढ करोड रकम विनियोजन गरेको छ ।

‘हामीले आगामी आइतबार दुईवटा प्रत्यारोपण गर्दैछौँ त्यो निशुल्क हुनेछ,’ प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भने ।
अरु अस्पतालले पनि यसै साताबाट निशुल्क प्रत्यारोपण सुरु गर्ने तयारी गरेका छन् ।

यसअघि स्वास्थ्य मन्त्री गगन थापाले विश्व मिर्गौला दिवशको अवसरमा वैशाख १ देखि मिर्गौला प्रत्यारोपण निशुल्क गर्ने घोषणा गरेका थिए। नेपालमा करिब ३० लाख व्यक्ति मिर्गौला रोगबाट पीडित छन्। बर्षेनी करिब तीन हजारको मिगौला फेल हुने गरेको अनुमान छ ।

यसअघि गत कात्तिकमा सरकारले मिर्गौला रोगीले गर्नुपर्ने सम्पुर्ण डायलासिस सेवा नि शुल्क गरेको थियो। डा श्रेष्ठले प्रत्यारोपण निशुल्क गर्ने आफूहरुको पुरानो अभियानले सार्थकता पाएको भन्दै खुशी व्यक्त गरे । उनले स्वास्थ्य मन्त्री थापाको अग्रसरतामा प्रत्यारोपण निशुल्क भएको भन्दै विशेष आधार व्यक्त गरे ।

गत वर्ष २ सय २२ जना नेपालीले मिर्गौला प्रत्यारोपण गराएका थिए। हाल देशभरका २१ अस्पतालका २ सय १ डायलासिस मेसिनबाट मिर्गौला रोगीको निशुल्क डायलासिस हुँदै आएको छ। नेपालमा ९ बर्ष अघि देखि प्रत्यारोपण सुरु भएको हो । त्यसयता करीब ८ सय जनाको प्रत्यारोपण भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *