क्यान्सरपीडितका लागि सात लाख रकम सङ्कलन
कञ्चनपुर, ३१ चैत । शुक्लाफाँटा नगरपालिका–१० का क्यान्सरबाट पीडित जनक शाहीको उपचारका लागि रु सात लाख सङ्कलन भएको छ ।
‘गुडलक फाउन्डेसन नेपाल’ले थालेको जनक शाही बचाउ अभियानअन्तर्गत देश–विदेश र साङ्गीतिक कार्यक्रममार्फत उपचारका लागि सो रकम सङ्कलन गरिएको हो । फाउन्डेसनका संयोजक भाष्कर भट्टका अनुसार विदेशबाट रु एक लाख ५४ हजार, साङ्गीतिक कार्यक्रम र सहयोगीबाट रु पाँच लाख ५६ हजार सङ्कलन भएको छ ।
“शाहीको उपचार गर्न रु २० लाखदेखि रु २५ लाख लाग्ने भएकाले रकम सङ्कलनमा जोड दिएका छौँ”, भट्टले भने। शाहीको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



