क्यान्सरपीडितका लागि सात लाख रकम सङ्कलन

कञ्चनपुर, ३१ चैत । शुक्लाफाँटा नगरपालिका–१० का क्यान्सरबाट पीडित जनक शाहीको उपचारका लागि रु सात लाख सङ्कलन भएको छ ।

‘गुडलक फाउन्डेसन नेपाल’ले थालेको जनक शाही बचाउ अभियानअन्तर्गत देश–विदेश र साङ्गीतिक कार्यक्रममार्फत उपचारका लागि सो रकम सङ्कलन गरिएको हो । फाउन्डेसनका संयोजक भाष्कर भट्टका अनुसार विदेशबाट रु एक लाख ५४ हजार, साङ्गीतिक कार्यक्रम र सहयोगीबाट रु पाँच लाख ५६ हजार सङ्कलन भएको छ ।

“शाहीको उपचार गर्न रु २० लाखदेखि रु २५ लाख लाग्ने भएकाले रकम सङ्कलनमा जोड दिएका छौँ”, भट्टले भने। शाहीको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *