लुम्बिनी अञ्चल अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुरु

0
Shares


रुपन्देही, २६ चैत । विश्व स्वास्थ्य दिवसका अवसरमा लुम्बिनी अञ्चल अस्पताल बुटवलले मानसिक स्वास्थ्य सेवा थप गरेको छ ।

स्तरवृद्धिसँगै विभिन्न सेवा विस्तार गर्दै आएको अस्पतालमा शुक्रबारदेखि मानसिक स्वास्थ्य सेवाको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र सञ्जेल क्षेत्रीले अस्पतालले मानसिक रोग उपचारको छुट्टै एकाइ निर्माण गरेर काम सुरु गरिएको बताए ।

लुम्बिनी अञ्चल अस्पताल विकास समितिको पहलमा सो सेवा सुरु भएको हो । सरकारी अस्पतालमा सो सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीलाई राहत हुने अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले बताए ।

लुम्बिनी अञ्चल अस्पताल विकास समितिले दुई विषेशज्ञ चिकित्सकसहित काम सुरु गरेको छ । दैनिक एक हजार दुई सय बिरामी अस्पतालमा आउने गर्छन् । रासस,

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *