मेडिकल काउन्सिलका नवनियुक्त सदस्यलाई अध्यक्षद्धारा स्वागत

0
Shares

काठमाडौँ, १७ चैत । नेपाल मेडिकल काउन्सिलले नव नियुक्त दुई सदस्यलाई स्वागत गरेको छ । काउन्सिलको आज बसेको पूर्ण बैठकमा भाग लिन पुगेका नव नियुक्त सदस्यद्धय प्राडा जगदीशप्रसाद अग्रवाल र प्राडा ढुण्डीराज पौडेललाई अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले स्वागत गरेका हुन् ।

काउन्सिलको रिक्त दुई पदमा गत महिना मात्रै प्राडा अग्रवाल र प्राडा पौडेल नियुक्त भएका थिए । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डीन अग्रवाल डीनहरुको तर्फबाट र बीर अस्पतालका प्राडा पौडेल विशेषज्ञहरुको कोटामा नियुक्त भएका हुन् ।

यसअघि सो कोटामा काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनका डीन प्राडा नरेन्द्रबहादुर राणा र विशेषज्ञको तर्फबाट प्राडा रमेशप्रसाद सिंह सदस्य थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *