मेडिकल काउन्सिलका नवनियुक्त सदस्यलाई अध्यक्षद्धारा स्वागत

काठमाडौँ, १७ चैत । नेपाल मेडिकल काउन्सिलले नव नियुक्त दुई सदस्यलाई स्वागत गरेको छ । काउन्सिलको आज बसेको पूर्ण बैठकमा भाग लिन पुगेका नव नियुक्त सदस्यद्धय प्राडा जगदीशप्रसाद अग्रवाल र प्राडा ढुण्डीराज पौडेललाई अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले स्वागत गरेका हुन् ।

काउन्सिलको रिक्त दुई पदमा गत महिना मात्रै प्राडा अग्रवाल र प्राडा पौडेल नियुक्त भएका थिए । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डीन अग्रवाल डीनहरुको तर्फबाट र बीर अस्पतालका प्राडा पौडेल विशेषज्ञहरुको कोटामा नियुक्त भएका हुन् ।

यसअघि सो कोटामा काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनका डीन प्राडा नरेन्द्रबहादुर राणा र विशेषज्ञको तर्फबाट प्राडा रमेशप्रसाद सिंह सदस्य थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *