स्वास्थ्य चौकीलाई रु १५ लाखको जग्गादान

 

इलाम, १७ चैत । इलामको फाकफोकथुम गाउँपालिका–२ साबिक फाकफोक गाविसका एक समाजसेवीले आफ्ना बुबाको सम्झनामा स्वास्थ्य चौकीलाई लाखौँ मूल्य पर्ने जग्गा दान दिएका छन्।

फाकफोकथुम–२ का खगेन्द्रप्रसाद चौहानले स्व बुबाको सम्झनामा स्वास्थ्य चौकीलाई रु १५ लाख मूल्य पर्ने पाँच रोपनी जग्गा दान दिएका हुन्।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसहितको भवन निर्माणका लागि चौहानले जग्गा दान दिएर पाससमेत गरिदिइसकेको स्वास्थ्य चौकीका लालबाबु यादवले बताए । उक्त जग्गामा नयाँ आर्थिक वर्षदेखि भवन निर्माण कार्यको प्रक्रिया अघि बढाइने स्वास्थ्य चौकीले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *