स्वास्थ्य चौकीलाई रु १५ लाखको जग्गादान

0
Shares

 

इलाम, १७ चैत । इलामको फाकफोकथुम गाउँपालिका–२ साबिक फाकफोक गाविसका एक समाजसेवीले आफ्ना बुबाको सम्झनामा स्वास्थ्य चौकीलाई लाखौँ मूल्य पर्ने जग्गा दान दिएका छन्।

फाकफोकथुम–२ का खगेन्द्रप्रसाद चौहानले स्व बुबाको सम्झनामा स्वास्थ्य चौकीलाई रु १५ लाख मूल्य पर्ने पाँच रोपनी जग्गा दान दिएका हुन्।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसहितको भवन निर्माणका लागि चौहानले जग्गा दान दिएर पाससमेत गरिदिइसकेको स्वास्थ्य चौकीका लालबाबु यादवले बताए । उक्त जग्गामा नयाँ आर्थिक वर्षदेखि भवन निर्माण कार्यको प्रक्रिया अघि बढाइने स्वास्थ्य चौकीले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *