क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

124
Shares


चितवन, १३ चैत । चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ ।

यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ ।

यसरी मृत्यु हुनेमा सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको जेलर कमल काफ्लेले जानकारी दिए ।

उनका अनुसार गिरी फोक्सोको क्यान्सरबाट पीडित थिए । उपचार कै क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै थिए ।

विसं २०७० सालमा अदालतले उनलाई दोषी ठहर गर्दै २०८० साल माघ १८ गतेसम्मका लागि कैदको आदेश दिएको थियो ।

रामेछापमा कैद भुक्तान गरिरहेका उनलाई क्यान्सर रोग लागेपछि उपचारका लागि केही महिनाअघि चितवन ल्याइएको थियो ।
यसैगरी २०५४ फागुन १ गते जेल परेका ठगराजलाई २०७३ साल कात्तिक १ गते पाल्पा जेलबाट भरतपुर कारागारमा स्थानान्तरण गरिएको थियो ।

क्यान्सर रोगबाट पीडित पौडेलको शनिबार मृत्यु भएको भरतपुर कारागार प्रमुख कमलप्रसाद काफ्लेले जनाकारी दिए । पाँच वर्षको अवधिमा भरतपुर कारागारमा ३० जनाको मृत्यु भएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *