स्वास्थ्य मन्त्रालयद्धारा ८४ वटा अस्पतालका लागि ७० करोड अनुदान (सूची सहित)

26.6k
Shares

काठमाडौँ, ८ चैत । स्वास्थ्य मन्त्रालयले ५० बेड मुनिका अस्पतालहरुको इन्डोर, इमरजेन्सी, ओपीडी, ओटी आदिको मर्मत सुधार गर्न ६९ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । मन्त्रालयले बेड संख्या र आवश्यकताका आधारमा अस्पतालका लागि अनुदान रकम विनियोजन गरेको जनाएको छ । देशभर १५ देखि ५० बेडसम्मका ८४ वटा अस्पताल छन् ।

मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले अस्पतालको सेवा सुदृढीकरणका लागि अनुदान उपलव्ध गराइएको बताए । उनले सरकारी अस्पतालको गुणस्तर अभिबृद्धि गर्न तथा आम सर्वसाधारणलाई गुणस्तरीय सेवा उपलव्ध गर्न सहयोग पुरयाउन सरकारले ती अस्पतालहरुलाई अनुदान उपलव्ध गराएको जानकारी दिए ।

मन्त्रालयले अनुदान रकम कतिपयमा जिल्ला स्वास्थ्य कार्यालय मार्फत र कतिपयमा सोझै अस्पतालको नाममा विनियोजन गरेको छ । मन्त्रालयले ५० लाख देखि १ करोड ८० लाख सम्म अनुदान रकम उपलव्ध गराएको छ ।

मन्त्रालयले छुट्याएको अनुदान रकम

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *