अब हरेक स्थानीय तहमा १५ बेडको अस्पताल

0
Shares


काठमाडौँ, ७ चैत । सरकारले हरेक स्थानीय तहमा १५ बेडको अस्पताल बनाउने भएको छ । देशभर ७ सय ४४ वटा स्थानीय तह छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा जारी विज्ञप्तीमा कम्तीमा १५ बेडको अस्पताल रहने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार मुख्य सचिव डा सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले सो निर्देशन दिएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘सबै स्थानीय तहमा संविधान तथा स्वीकृत कार्य विस्तृतिकरण बमोजिम स्वास्थ्य सेवा व्यवस्थापन गर्नुको साथै कम्तीमा १५ सैयाको अस्पतालबाट क्रमश स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने’ भन्ने छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *